४. भगुवाको सामान र फण्डमा जम्मा भएको रुपैयाँ
(१) भागी जाने व्यक्तिले छाडी गएका सामानहरू र रुपैयाँ कोर्ट अफ इन्क्वायरीद्वारा छानबीन गराई सम्बन्धित बाहिनी, फर्मेशन, डिपो, गण, गुल्म, सेनामुख वा डिपो ग्रुपले त्यसको लगत खडा गरी राख्नु पर्छ । निजी लत्ता, कपडा र सामान बाहेक इनिसियल इस्यू गरिएका सामानहरूमध्ये साबूत जति सम्बन्धित बाहिनी, फर्मेशन, डिपो, गण, गुल्म, सेनामुख वा डिपो ग्रुपले आÇनो स्रेस्तामा आम्दानी बाँधी रीइस्यू गर्ने र अरू बेकम्मा सामानहरूको हकमा नेपाली सेनाका बेकम्बा वा बेचल्तीका सामानहरू हटाउने (व्यवस्था) नियमहरू, २०२२ बमोजिम गरी त्यसको जनाउ क्लोदिङ्ग डिपोमा दिनु पर्छ ।
(२) भगुवा व्यक्ति त्यसरी भागी गएका मितिले ३ महिनासम्म हाजिर हुन नआएमा वा पक्राउ भई नआएमा उप–नियम (१) मा उल्लिखित निजी लुगा कपडा र अरू सामानहरू उप–नियम (३) बमोजिमको बोर्डले लिलाम बिक्री गरी सो लिलाम भई आएको र फण्डमा जम्मा भएको रुपैयाँ समेतको हिसाब चढाई रिकर्ड राख्नु पर्छ ।
(३) उप–नियम (२) बमोजिमको सामानहरू लिलाम बिक्री गर्न सम्बन्धित अधिकृत सहित ३ जवान भएको बोर्ड गठन हुनेछ । सो बोर्डले सम्बन्धित युनिट भित्र लिलाम गर्नेछ ।